Skip to main content

Sky Media Nepal

पर्याप्त इन्धन उपलब्धता रहेको इन्डियन आयल कर्पोरेशनको स्पष्टोक्ति

काठमाडौँ । भारतको सबैभन्दा ठूलो तेल कम्पनी, इन्डियन आयल कर्पोरेशनले देशमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यास एलपीजीको पर्याप्त उपलब्धता रहेको जानकारी दिएको छ ।

Advertisement

भारतका विभिन्न शहरहरुमा पेट्रोल पम्प बाहिर मानिसहरुको ठुलो लाइन हुन थालेपछि इन्डियन आयल कर्पोरेशनले यस्तो बयान दिएको हो ।

पाकिस्तानसँग सीमा जोडिएका राज्यहरूमा, विशेष गरी पेट्रोल र डिजेलको बारेमा धेरै त्रास छ र मानिसहरू इन्धन किन्न पेट्रोल पम्प बाहिर लाइनमा बसिरहेको देखिएको छ ।

आयल कर्पोरेसनले शान्त रहेर र अनावश्यक भीडभाडबाट बचेर सेवा प्रदान गर्न मद्दत गर्न समेत आग्रह गरेको छ ।

इन्धनको आपूर्ति लाइनहरू निर्बाध रूपमा सञ्चालनमा रहने र सबैका लागि निर्बाध इन्धन पहुँच सुनिश्चित गर्ने स्पष्ट गरेको छ ।

८-९ मे को राति, पाकिस्तानी सेनाले भारतका धेरै शहरहरूमा ड्रोन र मिसाइल आक्रमण गर्ने असफल प्रयास गरेको र त्यसलाई भारतीय सेनाले पाकिस्तानको आक्रमणलाई विफल पारेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । परिस्थितिलाई हेर्दा भारत र पाकिस्तानबीच द्वन्द्व बढ्ने डर देखिएको छ ।

पहलगाम आतंकवादी हमलाको बदला लिन भारतले बुधबार पाकिस्तानका नौ आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो । आक्रमणमा भारतले पाकिस्तानी सैन्य वा नागरिक निशानामा कुनै क्षति नपुर्याएको बताएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *