Skip to main content

Sky Media Nepal

एन्फाको साधारणसभा प्रवेशमा गणेश थापालाई रोक

एन्फाको साधारणसभा प्रवेशमा गणेश थापालाई रकाठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा गणेश थापाको प्रवेशलाई रोक लगाइएको छ ।धुलिखेल नगरपालिकाको सभा हलमा शुक्रबारका लागि बोलाइएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधि बनेर सहभागी हुन पुगेका थिए।

तर थापाको हलमा प्रवेशका लागि साधारणसभाको परिचय पास नभएको बन्दै गेटमै रोकिएको थियो । त्यसपछि आक्रोशित बनेका थापा र उनका जेठा छोरा गौरव थापासहितको समूहले गेटमा विरोध गरेका थिए ।यसअघि आरसी ३२ बाट प्रतिनिधि बनेपछि एन्फाले साधारण सभामा रोक्ने ठान्दै उनले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

साधाराणसभामा भाग लिन पाउनु पर्ने माग गर्दै दायर गरेको मुद्दामा उनको पक्षमा फैसला आएको थियो । तर अदालतबाट कुनै चिठी प्राप्त नभएको भन्दै एन्फाले उनलाई सभा हलमा पस्न नदिने बताएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापालाई १० वर्षसम्म फुटबलसम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन लगाएको प्रतिबन्ध वैशाख पहिलो साता सकिएको थियो । थापालाई फिफाले सन् २०१५ को अप्रिलमा प्रतिबन्ध लगाएको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *