Skip to main content

Sky Media Nepal

अमेरिकाद्वारा पाकिस्तानको लाहोरमा रहेका कर्मचारीहरूलाई ‘सुरक्षित स्थानमा’ सर्न निर्देशन

काठमाडौँ । अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना कर्मचारीहरूलाई ‘सुरक्षित स्थानमा’ सर्न निर्देशन दिएको छ ।पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरुलाई भारतको हवाई आक्रमणलाई ध्यानमा राख्दै कर्मचारीहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो ।

Advertisement

दुताबासले भनेको छ- ‘वाणिज्य दूतावासले पनि प्रारम्भिक रिपोर्टहरू प्राप्त गरेको छ, पाकिस्तानी अधिकारीहरूले लाहोरको मुख्य विमानस्थल नजिकैका क्षेत्रहरू खाली गर्न सक्ने भएकाले यी क्षेत्रहरूमा रहेका अमेरिकी नागरिकहरूले सम्भव भएसम्म त्यहाँबाट अन्य ठाउमा जान सल्लाह दिइन्छ ।

‘अमेरिकाले सुरक्षित स्थानहरूमा सर्न, अमेरिकी सरकारी सहायतामा निर्भर नभएकाहरू त्यहाँबाट बाहिरिने योजना बनाउन, यात्रा कागजातहरू तयार राख्न र पाकिस्तानी अधिकारीहरूसँग सहकार्य गर्न आग्रह गरेको छ

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *