Skip to main content

Sky Media Nepal

पूर्वमन्त्री चौधरीको पहलमा ७० लाखको लागतमा दुई योजना शुरु

रौतहट । मधेश प्रदेशका सांसद तथा पूर्व मन्त्री केशव राय चौधरीको पहलमा गृहजिल्ला रौतहटको गुजरा नगरपालिका अन्तर्गत ७० लाखको लागतमा दुर्इवटा योजनाको काम सुरु भएको छ।पूर्व मन्त्री चौधरीको पहलमा क्षेत्र ३(क) अन्तर्गत गुजरा १ मनर्हवा सडक स्तरउन्ती तथा आरसिसि ढलान निर्माण कार्य बिहीवार देखी सुरु भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश मार्फत विनियोजीत ४५ लाख रुपैयाँको लागतमा निर्माण हुने सडक ढलानको बिहीवार प्रमुख अतिथि प्रदेश सांसद चौधरीले शिलान्यास गरेसंगै काम सुरु भएको छ। त्यस्तै प्रदेश सांसद चौधरीको बिशेष पहलमा मधेश प्रदेशको युवा, खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा गुजरा ८ स्थित कब्रीस्तान घेरावेरा निर्माण सुरु भएको छ।

संसदीय निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित भएदेखि नै प्रदेश सांसद  केशव राय चौधरीले सार्वजनिक तथा भौतिक पूर्वाधार निर्माणमा विशेष पहल गर्दै आएका छन्।

मुस्लिम समुदायका मानिसहरूको चिहान राखिने स्थान कब्रीस्तानको घेराबेरा हुनलाग्दा स्थानीयहरू खुसी भएका छन्।शिलान्यास समारोहमा प्रदेश सांसद चौधरीका साथै स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको सहभागी गुजराका मेयर प्रत्याशी शेख एकरामुलले न्युज कारखाना लाई बताएका छन् ।पूर्व मन्त्री चौधरीको पहलमा गुजरा नगरपालिकाका साथै सिंगो क्षेत्र ३क अन्तर्गत कैयौं उदाहरणीय विकास निर्माणको काम भएको स्थानीयहरूले बताएका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *