Skip to main content

Sky Media Nepal

मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना

काठमाडौँ । जारी आईपीएलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या र सम्पूर्ण टोलीलाई यस सिजनमा दोस्रो पटक जरिवाना गरिएको छ । मंगलबार राति सम्पन्न खेलमा मुम्बईका अलावा गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहरालाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना गरिएको छ ।ढिलो ओभर रेटका कारण मुम्बईका कप्तान हार्दिक पाण्ड्यालाई २४ लाख भारु जरिवाना गरिएको छ भने प्लेइङ एघारका सबै खेलाडीलाई ६ लाख भारु जरिवाना गरिएको छ ।गुजरात टाइटन्सका मुख्य प्रशिक्षक आशिष नेहरालाई आईपीएल आचारसंहिता उल्लङ्घन गरेको आरोपमा उनको म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ र एक डिमेरिट अंक पनि प्राप्त भएको छ । उनले धारा २.२० अन्तर्गत लेभल १ को अपराध स्वीकार गरेको बताइएको छ ।वर्षाले प्रभावित आईपीएल खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको थियो । यो सिजनमा उनलाई ढिलो ओभरको लागि जरिवाना गरिएको यो नवौं पटक हो । यसअघि लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्त, गुजरात टाइटन्सका कप्तान शुभमन गिल, दिल्ली क्यापिटल्सका कप्तान अक्षर पटेल, राजस्थान रोयल्सका कप्तान संजु सामसन, रोयल च्यालेन्जर्स बैंगलुरुका कप्तान रजत पाटीदार, राजस्थान रोयल्सका कप्तान रियान पराग सबैलाई यस सिजनमा स्लो ओभर रेटको लागि जरिवाना गरिसकिएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *