Skip to main content

Sky Media Nepal

योगेशको प्रचण्डलाई प्रश्न- कुलमान हटाउदा मुटुमा नै गोली लागेजस्तो किन भएको ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै कुलमान घिसिङलाई अहिलेको सरकारले हटाएकोमा मुटुमा नै गोली लागेजस्तो गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले काम गर्ने ट्युनिङ नमिलेपछि सरकारले कुलमान हटाएको उल्लेख गर्दै यस विषयमा प्रचण्डलाई मुटुमा नै गोली लागेजस्तो किन भएको ? भन्दै प्रश्न गरेका छन् । उनले भने- ‘अहिले केपी शर्मा ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता, तपाईंको मुटुमा नै गोली लागेजस्तो किन भएको छ ? एउटा सहसचिव लेभलको कर्मचारी हो, सरकारसँग उसको ट्युनिङ मिलेन, उसको एउटा बन्दोबस्ती भयो । प्रधानसेनापति हटाएजस्तो कुरा त होईन । यस्ताखाले बेथितिहरु आफ्नो पालामा भएका छन् ।’विगतमा प्रचण्डले मुख्यसचिव बनाउँदा गरेको निर्णय र प्रधानसेनापति हटाएको विषय स्मरण गर्नपनि भट्टराईले अनुरोध गरेका थिए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *