Skip to main content

Sky Media Nepal

‘कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याए, : भीम रावल

काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने गरेको आरोप लगाएका छन्।

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै ओलीले कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरेर पद हत्याएर मनपरी गरिरहेको दाबी गरेका हुन्।

उनले भने, ‘नेपालमा शासन सत्ता हातमा हुनेहरूमा संविधानको समाजवाद उन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस्। कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने एवं कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरी सत्ता र पद हत्याई मनपरी गर्ने कुकृत्यको अन्त्य होस्।’

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *