Skip to main content

Sky Media Nepal

प्रहरीलाई पत्र लेख्ने सर्वोच्चका अधिकृत पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट जारी भएको  पत्र प्रकरणमा नयाँ मोड आएको छ। उक्त पत्र जारी गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई सर्वोच्च अदालतको सुरक्षा इकाइले पक्राउ गरेको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।

Advertisement

यसअघि उक्त पत्र कसरी लेखियो भनेर सर्वोच्च प्रशासनले छानबिन गरेको थियो। उक्त पत्रचार विष्टले आफूखुसी लेखेको भेटिएपछि विष्टलाई पक्राउ गर्न सर्वोच्च प्रशासनले निर्देशन दिएको थियो।

सर्वोच्च अदालतले उक्त पत्र सच्याएर प्रहरीलाई पठाउँदै छ। यसबारे आधिकारिक विज्ञप्ति केहीबेरमा जारी गरिने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *