Skip to main content

Sky Media Nepal

`१४ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु ।´ प्रधानमन्त्री ओली

बाँके।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन दायाँबायाँ नहुने स्पष्ट पारेका छन्। शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले १४ महिनापछि सत्ता कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने ठोकुवा गरेका छन्।

उनले भनेका छन् , “अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।” प्रधानमन्त्री ओलीले सत्ता परिवर्तनको चर्चा चलिरहँदा आफूहरूबीचको समझदारी कायम रहेको संकेत गरे।

हालसालै सत्तारूढ गठबन्धनभित्र खटपट भएको चर्चा चलिरहेको छ। शुक्रबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकमा सत्ता गठबन्धनबारे देउवासँग छलफल गर्ने बताएका थिए। यता, थाइल्यान्डबाट फर्किएका सभापति देउवाले पनि गठबन्धनमा केही समस्या देखिएको बताएका छन्।

प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले कांग्रेस–एमाले गठबन्धन अझै मजबुत रहेको सन्देश दिन खोजिएको देखिन्छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *