Skip to main content

Sky Media Nepal

बालेन र भुपदेवविरुद्ध अख्तियारमा उजुरी, भ्रष्टाचारको आरोप।

काठमाडौं।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र उनका स्वकीय सचिव भुपदेव साहमाथि ३५ वटा एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ। उक्त मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ।

सी–०४०५६९ दर्ता नम्बर भएको उजुरीपत्रमा भनिएको छ कि बालेन साहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा पश्चिम नेपालका विभिन्न पालिकालाई एम्बुलेन्स वितरण गर्ने योजना अघि सारिएको थियो। उजुरीमा भनिएको छ, “यस योजनामा ३५ वटा एम्बुलेन्स खरिद गर्न स्पेसिफिकेशन निर्माण र लागत अनुमानको चरणमै भ्रष्टाचार गर्ने नियत देखिन्छ।”

उजुरीमा बालेन साहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूमाथि पनि कडा कारबाही गर्न माग गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *