Skip to main content

Sky Media Nepal

प्रधानमन्त्री ओली थाइल्यान्ड भ्रमणपछि स्वदेश फर्किए।

बाँके।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली आज बिहान १०:१५ बजे बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीलाई थाइल्यान्डका उपप्रधानमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट र नेपालका राजदूत धनबहादुर वली र थाइल्यान्डका लागि नेपाली राजदूत सावापोङ सिरिसोर्नले बिदाइ गरे।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई रहेका छन्।

प्रधानमन्त्री ओलीको यो भ्रमण थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले गरेका मैत्रीपूर्ण निमन्त्रणामा भएको हो, जसले नेपाल र थाइल्यान्डबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाएको छ।प्रधानमन्त्री ओली मध्याह्न १२:३० बजे काठमाडौं आइपुग्नेछन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *