Skip to main content

Sky Media Nepal

रोनाल्डोको दुई गोल, अल नासरले साउदी प्रो लिगमा अल हिलाललाई ३-१ ले हरायो।

बाँके।
साउदी प्रो लिगमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दै अल नासर क्लबलाई महत्वपूर्ण जित दिलाए। शुक्रवार किंगडम एरिनामा भएको खेलमा नासरले अंक तालिकाको दोस्रो स्थानमा रहेको अल हिलाललाई ३-१ ले हरायो।

नासरको लागि अर्को गोल अलि अल हसनले गरे भने हिलालका लागि अली अल बुलाहीले एक गोल फर्काए। खेलको पहिलो हाफको इन्ज्युरी समयमा हसनले नासरको अग्रता दिलाए। दोस्रो हाफमा, ४७औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै नासरको अग्रता दोब्बर बनाए। ६२औं मिनेटमा बुलाहीले हिलालका लागि गोल गर्दै खेललाई २-१ बनाएका थिए।

अन्ततः ८८औं मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नासरको जित पक्का गरे। अब नासर २६ खेलबाट ५४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ, जबकि हिलाल ५७ अंकका साथ शीर्ष स्थानमा छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *