Skip to main content

Sky Media Nepal

लखनउ सुपर जायन्ट्सले मुम्बई इण्डियन्सलाई १२ रनले हरायो।

बाँके।
लखनउ सुपर जायन्ट्सले आजको इण्डियन प्रिमियर लिग (आइपिएल) खेलमा मुम्बई इण्डियन्सलाई १२ रनले पराजित गर्दै मुम्बईविरुद्धको आफ्नो अपराजित यात्रा कायम राखेको छ। २ सय ४ रनको चुनौती पछ्याएको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन मात्र बनायो।

मुम्बईका सूर्यकुमार यादवले ४३ बलमा ९ चौका र १ छक्काको मद्दतले ६७ रन बनाएका थिए। मुम्बई १७ रनमै २ विकेट गुमाएर दबाबमा परेको थियो, तर सूर्य र नमन धिरको ६९ रनको साझेदारीले टीमलाई संघर्षको अवस्था बाट बाहिर ल्यायो। धिरले २४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए। सूर्य र तिलक बर्मा बीचको ६६ रनको साझेदारीले मुम्बईको संघर्षलाई थप बलियो बनायो।

लखनउका लागि शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान १ विकेट लिए, जबकि मुम्बईको कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा ३६ रन खर्चेर ५ विकेट लिए।

यस जितसँगै लखनउ ४ अंकका साथ आइपिएल लिगको छैठौं स्थानमा उक्लिएको छ। मुम्बई भने २ अंकका साथ सातौं स्थानमा रहेको छ।

लखनउको शानदार बल्लेबाजी
यसअघि, लखनउ सुपर जायन्ट्सले २० ओभरमा २ सय ३ रन बनाएको थियो। मिचेल मार्श र एडेन मारक्रमको शानदार बल्लेबाजीले टोलीलाई बलियो स्कोर बनाउन मद्दत गर्यो। मार्शले ३१ बलमा ६० रन बनाउँदै सर्वाधिक रन बनाएका थिए, जबकि मारक्रमले ५३ रन जोडे।

यस जितसँगै लखनउले मुम्बईविरुद्धको आफ्नो अपराजित यात्रा कायम राख्यो र लिग चरणमा एक थप महत्वपूर्ण जित हात पार्यो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *