Skip to main content

Sky Media Nepal

जनमत पार्टीले उपाध्यक्ष दीपक कुमार साहलाई ६ महिना निलम्बन।

 

काठमाडौं।
जनमत पार्टीले पार्टीका उपाध्यक्ष दीपक कुमार साहलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। पार्टी अनुशासन समितिको निर्णय अनुसार साहलाई पार्टी नीति विपरीत जानु र सामाजिक सञ्जालमा नीतिविरुद्ध टिप्पणी गर्नुको आधारमा कारबाही गरिएको हो।

अनुशासन समितिका संयोजक नरेन्द्र चौधरी र सचिव अनिता यादवले साहलाई कारबाहीको पत्र पठाएर निलम्बनको जानकारी दिएका छन्। पत्रमा उल्लेख गरिएको छ कि साहले स्पष्टीकरण सोधिएपछि पनि जवाफ नदिई सामाजिक सञ्जालमा पार्टीको नीतिविरुद्ध लेखेपछि ६ महिनाका लागि निलम्बन गरिएको हो।

पत्रमा यसबारे थप भनिएको छ, “स्पष्टीकरण सोधिएपछि जवाफ दिने हो, अरुको प्रश्नको जवाफमा अन्य कुरा मिसाएर ब्ल्याकमेलिङ गर्ने होइन। साहले अनुशासन समितिलाई ४८ घण्टे स्पष्टीकरण दिएर धम्काउनुभएको छ। पारिवारिक विषय उठाएर कार्यकर्ताहरूसँग लबिङ गर्ने कुरा अक्षम्य अपराध हो।”

साहको निलम्बनले पार्टीमा नयाँ राजनीतिक घेराबन्दी र तनावको माहौल सिर्जना गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *