Skip to main content

Sky Media Nepal

प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलन सम्बोधन गर्ने र आजै मोदिसंग भेट्ने।

बाँके।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बिम्स्टेक (BIMSTEC) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची राख्नु भएको छ। यस सम्मेलनमा नेपालसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले उपस्थित भएर सम्बोधन गर्नेछन्।

सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। सम्मेलनको उद्घाटन थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गर्दै गर्नेछन्। त्यसपछि बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्रीहरुबाट सम्बोधन हुनेछ। सम्बोधनपछि विभिन्न कार्यसूचिहरु पारित हुनेछन्।

सम्मेलनको समापनपछि थाइल्याण्डको प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलनको आयोजना गर्नेछन्। यसपछि, दिवाभोजपछि, नेपाली प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ। यी सबै कार्यक्रम बैङ्ककस्थित होटेल साड्ग्रिलामा हुनेछन्।

यस सम्मेलनमा सहभागी हुनु अघि, प्रधानमन्त्री ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पनि सम्पन्न गर्नुभएको छ। बिम्स्टेक सम्मेलन सकिएपछि, प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *