Skip to main content

Sky Media Nepal

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भोलि अपराह्न भेटवार्ता हुने

file image

Advertisement

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भोलि (शुक्रबार) थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री ओली बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मा सहभागी हुन थाइल्याण्ड पुगिसकेका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको ‘साइडलाइन’ वार्ता गर्न दुई प्रधानमन्त्रीबीच भेट हुन लागेको हो।

भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत थिए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *