Skip to main content

Sky Media Nepal

मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृतबीच टकराव।

काठमाडौं।
लामो समयदेखि प्रशासकीय प्रमुखविहीन भएको काठमाडौ महानगर पालिकामा बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईं जिम्मेवारी पद सम्हानल पुगेका थिए । तर काठमाडौ महानगरपालिका प्रमुख मेयर बालेन्द्र साहले उनले कार्यालय पस्न अवरोध खडा गरे। मेयर बालेनले गुरागाइँलाई प्रवेश निशेध गर्न महानगर प्रहरी तैनाथ गरेका हुन् । संघीय सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरोजप्रसाद गुरागाईलाई निरन्तरता दिने निर्णय गरेको हो।

गुरागाईको कार्यालयमा हाजिर हुने तयारीसँगै महानगरपालिका कर्मचारी र नगरपालिकाको नेतृत्वबीच गहिरो टकरावको स्थिति सिर्जना भएको छ। कर्मचारीहरुले गुरागाईलाई स्वागत गर्न गेटमा जम्मा भएपछि वडाध्यक्षहरु समेत उनको स्वागत गर्न उपस्थित भएका छन्।

महानगरका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन तयारी गर्दा मेयर बालेन साहले उनलाई रोक्न नगर प्रहरी परिचालन गरेपछि कार्यालय परिसरमा तनावको स्थिति उत्पन्न भएको छ।

यसअघि, मेयर शाहले काठमाडौं टावरको नक्सा पास गर्दा अनियमितता गरेको आरोपमा गुरागाईलाई कारवाहीको सिफारिस गरेका थिए। यद्यपि, संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयले उनीमाथि कुनै आरोप पुष्टि नगरी उनलाई निरन्तरता दिन भनेपछि मेयरले उनलाई कार्यालयमा काम गर्न अनुमति दिन तयार छैनन्।

५ महिनादेखि तलब नपाएको र काम रोकिएको भन्दै कर्मचारीहरूले गुरागाईलाई हाजिर गराउने तयारी गरेका थिए, जसका कारण नगरपालिकामा विवाद उत्पन्न भएको हो।

पालिकामा विवाद भैरहेको बेला कार्यालयका कर्मचारी तथा महानगरका वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृतलाई प्रवेश गराउन कोसिस गरे। मेयर बालेन्द्रले कार्यालयमा ताल्चा लगाएर साञ्चो लिई अनुपस्थित भएपछि ताल्चा तोडेर गुरागाईंलाई कार्यालय प्रवेश गराइएको हो।

काठमाडौ मेयर बालेन्द्रले गुरागाइँले बैधानिक रुपमा नक्सा पास नगरेको भन्दै निकालेका थिए। बालेन्द्रले उनले कार्यालयबाट लिकालेपछी प्रमुख प्रशासकीयले पाउनु पर्ने सवारी तथा अन्य सुविधा समेत रोक लगाएका हुन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *