Skip to main content

Sky Media Nepal

तराई-मधेसका दुई प्रमुख दल जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा।

बाँके।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको पार्टी एकीकरण प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ। पछिल्लो समय दुवै पार्टीका नेताहरू सघन छलफलमा जुटेका छन्, र एकता प्रक्रिया छिट्टै टुंग्याउने तयारी भइरहेको छ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार, “आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको छ र आगामी वैशाख १५ भित्रै एकीकरणको घोषणा गरिनेछ।” उनले थपे, “नयाँ पार्टीको नाम, झण्डा, र चुनावका विषयमा सहमति भइसकेको छ, र अहिले पार्टीको विधान तयार गर्नका लागि काम भइरहेको छ।”

पार्टी एकीकरणको प्रक्रियामा दुवै दलका कार्यदलहरूले विभिन्न बैठकहरूको आयोजना गरेर सहमतिको विन्दु पहिल्याउने प्रयास गरिरहेका छन्। अब्दुल खानका अनुसार, वैशाखको पहिलो सातामा एकीकृत विधान पारित गरिनेछ र दोस्रो साता पार्टी एकीकरणको औपचारिक घोषणा गरिनेछ।

यस एकीकरण प्रक्रियाले तराई-मधेसका जनसवाल र राष्ट्रिय मुद्दाहरूसँग सम्बन्धित विषयलाई सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *