Skip to main content

Sky Media Nepal

उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद।

उदयपुर।
उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ६ स्थित मूर्ति खोला किनारमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले ८ सय ९१ किलो ४ सय २३ ग्राम गाँजा विशेष सूचनाको आधारमा फेला पारेको हो।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोकशीलाबाट खटिएको टोलीले ३९ वटा बोरामा गाँजा लुकाइ राखिएको अवस्थामा बरामद गरेको हो।

प्रहरीले अहिले उक्त गाँजालाई रामपुर ठोकशीलाको इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनामा गाँजा कसले लुकाएर राखेको हो भन्ने कुरा यकिन हुन सकेको छैन। प्रहरीले ओसारपसारमा संलग्नलाई पक्राउ गर्न खोजतलास जारी राखेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *