Skip to main content

Sky Media Nepal

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार दुई जनाको ज्यान जाने गरी राजधानीमा भएको हिंसात्मक प्रदर्शनको दोष सरकार नै भएको बताएको छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबार सम्पन्न बैठकले शुक्रबारको हिसांत्मक घटना सरकारकै कारण भएको ठहर गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारी दमनले हिंसा निम्त्याएको दाबी गरेका हुन्।

राप्रपाले शुक्रबार ज्यान गुमाएका दुई जनालाई सहिद घोषणा गर्न र उनका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गरेको छ।

शुक्रबारको घटनाको निष्पक्ष छानबिनका लागि जाँचबुझ समिति बनाउन र आफ्ना दुई नेताहरू रविन्द्र मिश्र र धवलशमशेरलाई २४ घन्टाभित्र रिहा गर्न पनि राप्रपाले आग्रह गरेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *