Skip to main content

Sky Media Nepal

मानवअधिकार आयोगको निष्कर्ष , राजावादीहरूको प्रदर्शन हिंसात्मक ।

काठमाडौं।
राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार एउटा विज्ञाप्ती जारी गर्दै राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष निकालेको छ । राजधानीमा शुक्रबार भएको राजावादीहरुको प्रदर्शनले प्रहरीको घेरा तोड्ने प्रयास गरेपछि अवस्था बिग्रीएको हो। आयोगका अनुसार प्रदर्शनकारीहरु बानेश्वरतिर जान खोजे,त्यसपछि तब आन्दोलन हिंसात्मक रूप लिएको हो।

आयोगले चारवटा उच्चस्तरीय टोली बनाएर उक्त प्रदर्शनको अनुगमन गरेको थियो। अनुगमनको क्रममा राजावादीहरूको आन्दोलनमा झडप, ढुंगा प्रहार र आगजनीका घटनाहरू घटेको देखिएको छ। विज्ञप्तिमा भनिएको छ कि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरे, आमनागरिकको घरमा ढुंगा हान्ने र आगजनी गरेका छन् ।

तीनकुने क्षेत्रस्थित सञ्चारमाध्यम, कलेज र व्यक्तिगत आवासहरूमा आगजनी र आक्रमण भए पनि दमकल र सशस्त्र प्रहरीका गाडीहरूलाई पनि ढुंगा प्रहार गरिएको पाइयो। यसबाहेक, आयोगका टोलीमाथि पनि प्रदर्शनकारीहरूबाट आक्रमण भएको जानकारी गराइएको छ ।

प्रहरीले अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरूको भीडलाई नियन्त्रण गर्ने प्रयास गर्दा, पानीको फोहोरा र हवाई फायर पनि गरिएको थियो।

यस घटनामा मानव अधिकार आयोगले प्रदर्शनकारी र सुरक्षा बलका बीचको तनाव र हिंसा प्रकट गर्ने घटनाहरूको गम्भीरता र प्रभावको मूल्याङ्कन गरिरहेको जानकारी गराएको छ ।।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *