Skip to main content

Sky Media Nepal

पेनप्लस क्लिनिकमार्फत बर्दिया अस्पतालका सेवाग्राहीलाई पोषण र शैक्षिक सामाग्री वितरण।

बर्दीया।
पेनप्लस क्लिनिकले बर्दिया अस्पतालको सेवाग्राही बिरामीलाई पोषण र शैक्षिक सामग्री (किड्स इन्क्लूसन अफ चिल्ड्रन) सहयोग गरेको छ। यस अवसरमा अस्पतालका सेवाग्राहीलाई शैक्षिक सामग्री तथा पोषण सामग्री वितरण गरिएको हो।

सहयोग सामाग्रीमा विद्यालय जाने बालबालिकालाई झोला, २ दर्जन कपी र १ डजन पेन उपलब्ध गराइएको छ, साथै किशोर तथा वयस्क बिरामीलाई मासिक रूपमा १ केरेट अण्डा निःशुल्क वितरण गरिएको छ। वर्तमान तथ्यांक अनुसार पेनप्लस क्लिनिकमा दर्ता भएका ८५ जना सिकल सेल रोगी, २४ जना थ्यालेसिमिया रोगी, २ जना कन्गेनेटल हर्ट डिजिज अपरेटेड प्याडियाट्रिक बिरामी र १७ जना इन्सुलिन निर्भर डायबिटिज मेलिटस (टाइप १) बिरामीहरूको नियमित फलोअप सेवा प्रवाह भइरहेको छ। यी बिरामीहरूलाई वर्षमा एकपल्ट शैक्षिक सामग्री र मासिक रूपमा पोषण सामग्री उपलब्ध गराइने गरिएको छ ।

बुधबारदेखि सुरु भएको सहयोग कार्यक्रम तथा पेनप्लस क्लिनिकको बिरामीहरुले सामाग्री वितरण कार्यक्रम निरन्तर जारी छ ।बिरामीहरूको निःशुल्क उपचारसँगै विशेष गरी टाइप १ डायबिटिज बिरामीलाई निःशुल्क इन्सुलिन र सिकल सेल तथा थ्यालेसिमिया बिरामीलाई निःशुल्क न्यूमोनिया भ्याक्सिन पनि उपलब्ध गराइरहेको हो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *