Skip to main content

Sky Media Nepal

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको नेपाली कांग्रेसको कडा विरोध।

सुनसरी।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने नेपाल सरकारको निर्णयप्रति नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा क्षेत्र कार्यसमिति, प्रदेशसभा कार्यसमिति र धरान उपमहानगर कार्यसमितिले कडा विरोध जनाएका छन्।

नेपाली कांग्रेसका नेताहरूले कुलमान घिसिङको नेतृत्वमा विद्युत प्राधिकरणले लोडसेडिङको समस्याबाट नेपाली जनतालाई मुक्त गराउने र प्राधिकरणलाई घाटाबाट नाफामा ल्याउने कार्य गरेको दाबी गरेका छन्। यसै कारण, घिसिङलाई पदबाट हटाउने निर्णयलाई निरंकुश र स्वेच्छाचारी भएको र जनभावना विपरीतको कदम ठानिएको छ।

पार्टीका नेताहरूका अनुसार, सरकारलाई यस निर्णयको बारेमा स्पष्ट जानकारी दिइसकेको र आन्तरिक सहमति पनि प्राप्त भइसकेको हुँदा यसलाई हठात्मक ढंगले लागू गर्नु उचित हुँदैन। उनीहरूले सरकारको डेलिभरी र सुशासनका क्षेत्रमा आम जनतामा बढ्दो असन्तुष्टिलाई ध्यानमा राख्दै घिसिङको हटाउने निर्णय फिर्ता लिन जोडदार माग गरेका छन्।

नेपाली कांग्रेसका नेता सुजेन्द्र तामाङ, अनिल श्रेष्ठ, मुरारीप्रसाद भट्टराई र श्याम पोखरेलले यस निर्णयको विरोध गर्दै सरकार र पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन्। साथै, उनीहरूले न्यायप्रेमी जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी र विद्यार्थी वर्गसँग समर्थन र सहयोगको अपिल पनि गरेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *