Skip to main content

Sky Media Nepal

“नेपालको राजतन्त्रसँग संवैधानिक भएर बस्ने क्यारेक्टर नै छैन।” गगन थापा।

सुनसरी ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा राजतन्त्र र गणतन्त्र सँगसँगै जस्तो सम्भव नहुने निष्कर्षमा पुगेका छन्। उनले सोमबार आयोजित नेपाली कांग्रेस सुनसरीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका राजतन्त्रको ऐतिहासिक स्थिति र परिवर्तनको बारेमा गम्भीर टिप्पणी गरे।

महामन्त्री थापाले भने, “नेपालको राजतन्त्रसँग संवैधानिक भएर बस्ने क्यारेक्टर नै छैन।” उनले ०१५ सालमा बीपी कोइराला प्रधानमन्त्री बनेपछि तत्कालीन राजा महेन्द्रले संवैधानिक राजतन्त्र स्वीकारेर बसेको भए, आजको जस्तो परिस्थिति आउने थिएन भन्ने विचार व्यक्त गरे।

थापाले आफूले उक्त निष्कर्षमा पुग्नाका कारणको चर्चा गर्दै भने, “नेपाली कांग्रेसको इतिहासमा राजतन्त्र र गणतन्त्र सँगसँगै जान सक्दैन भन्ने बुझाइ परिवर्तन भएको हो।” यो टिप्पणीले नेपाली राजनीति र इतिहासका महत्वपूर्ण प्रसंगलाई पुनः छलफलमा ल्याएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *