Skip to main content

Sky Media Nepal

स्पोर्ट पार्किङमा ६६ वर्षीय पुरुष मृतफेला, हत्या आशंका।

भक्तपुर ।
भक्तपुरको बोडे, मध्यपुरठिमी नगरपालिका वडा नम्बर ९ स्थित पिकनिक स्पोर्टको पार्किङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान खोटाङका ६६ वर्षीय ओमप्रकाश राईको रुपमा पहिचान भएको छ। उनी कवाड संकलनको काम गर्दथे। शवको परीक्षण गर्दा उनको कान र टाउकोमा चोट र शरीरका विभिन्न भागमा निलडाम फेला परेका छन्। प्रहरीले हत्या गरिएको आशंका गर्दै अनुसन्धान अगाडि बढाएको छ। मृतकको शव पोस्टमार्टमको लागि केएमसी अस्पताल पठाइएको प्रहरीले जानकारी गराएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *