Skip to main content

Sky Media Nepal

पालिका अध्यक्ष सहित ३ जना विरुद्ध जातीय छुवाछुत विरुद्ध जाहेरी दर्ता ।

सिरहा ।
सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञको आयोजनाका नाममा डोम परिवारलाई घरदेखि उठीबास लगाउने घटना सार्वजनिक भएको छ। पीडित परिवारले जातीय भेदभाव र छुवाछुतको मुद्दामा गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र एक अन्य व्यक्तिविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका छन्।

शुक्रबार दर्ता भएको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई आरोपित बनाइएको छ। उक्त घटनामा, महायज्ञ स्थलगत घरलाई डोजर लगाएर भत्काइने क्रममा पीडित दीपक मल्लिक र उनका परिवारलाई अछूतको आरोपमा हदैसम्मको भेदभाव र अपमान भोग्न परेको छ।

प्रहरीले गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई नियन्त्रणमा लिइसकेको छ भने फरार रहेका बजरंगी बाबाको खोजी कार्य भइरहेको छ। जातीय छुवाछुतसम्बन्धी आरोपमा ३ महिनादेखि ३ वर्षसम्मको कारावास र ५० हजारदेखि २ लाखसम्मको जरिवानाको कानुनी व्यवस्था रहेको छ। कानुनी कारबाही प्रक्रिया अघि बढाएको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिएका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *