Skip to main content

Sky Media Nepal

बबई नाकामा स्वचालित सिसी क्यामेरा जडान।

बाँके।
कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा प्रदेश सरकारले अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरेको छ। यस प्रविधिले कर्णाली प्रदेश भित्रने र बाहिरिने सवारी साधनहरूको नम्बर प्लेट पहिचान गर्दै आवश्यक विवरण कम्प्युटरमा लिपिबद्ध गर्ने कार्य गर्नेछ।

क्यामेरा जडानसँगै सवारी साधनहरूको रोकथाम र मैन्युअल नम्बर दर्ता गर्ने प्रक्रिया हटेको छ, जसले गर्दा अब गाडीहरू बबई नाकामा बिना रोक टोक आवागमन गर्न सक्नेछन्।

मुख्यमन्त्री यामलाल कँडेलले यस प्रविधिको उद्घाटन गर्दै यसले कर्णाली प्रदेशमा सुरक्षित यात्रा र प्रविधिमैत्री प्रहरी सेवाको सुनिश्चितता हुने बताएका छन् । क्यामरा जडानका लागि ९ लाख ७५ हजार बजेट तोकिएको थियो, र क्यामरा कन्ट्रोल गर्नको लागि आवश्यक भवन निर्माणका लागि १० लाख रुपैयाँको बजेट उपलब्ध गराइएको छ।

उद्घाटन कार्यक्रममा कानुन मन्त्रालयका सचिव पुष्पराज शाही, प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रमुख, र स्थानीय नेता सहभागी थिए।

यस प्रगतिशील प्रविधिका कारण, कर्णाली प्रदेशको सुरक्षा व्यवस्था थप मजबुत र प्रभावकारी बन्ने छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *