Skip to main content

Sky Media Nepal

सिमेन्ट उद्योगलाई २४ घण्टा बिजुली आपूर्ति गर्न संघको माग।

काठमाडौं। नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगलाई चौबीसै घण्टा निरन्तर बिजुली आपूर्ति गर्न सरकारसँग माग गरेको छ। बुधबार संघले जारी गरेको विज्ञप्तिमा, नेपाल विद्युत प्राधिकरण, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सहित विभिन्न संसदीय समितिहरूसँग २४ घण्टा बिजुली उपलब्ध गराउने माग गरिएको छ ।
संघको अनुसार, लोडसेडिङका कारण वैकल्पिक उर्जा स्रोतको प्रयोग गर्दा सिमेन्ट उत्पादनको लागत अत्यधिक बढेको छ र त्यसका कारण हालको बिक्री मूल्यमा सिमेन्ट उत्पादन गर्न कठिनाइ भइरहेको छ। संघले उत्पादन लागत खर्चअनुसार सिमेन्टको बिक्री मूल्य निर्धारण गर्नुपर्ने आवश्यकताको उल्लेख गरेको छ।

अर्बौंको लगानीमा स्थापित सिमेन्ट उद्योगले मुलुकको आत्मनिर्भरता र निर्यातमा महत्वपूर्ण भूमिका खेल्दै आएकोमा संघले चिन्ता व्यक्त गर्दै भनेको छ कि, अहिले उद्योगले १२ देखि १४ घण्टा लोडसेडिङको सामना गरिरहेको अवस्थामा भविष्यमा थप २० घण्टा लोडसेडिङ सहन कठिन हुनेछ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *