Skip to main content

Sky Media Nepal

दुई क्याम्पसमा अखिल क्रान्तिकारीको विजय, महेन्द्र मोरङमा पनि अग्रता।

मोरङ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विराटनगरका प्रमुख क्याम्पसहरूमा अखिल क्रान्तिकारीका उम्मेदवारहरूले ऐतिहासिक विजय प्राप्त गरेका छन्।

विराटनगरको डिग्री क्याम्पस र नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलले शानदार जित हासिल गरेको हो। डिग्री क्याम्पसमा प्रीतम साहको प्यानलले पूर्ण रूपमा विजय प्राप्त गर्दा, नर्सिङ क्याम्पसको सभापतिमा रोहित ताजपुरिया अखिल क्रान्तिकारीका उम्मेदवारका रूपमा निर्वाचित भएका छन्।

यसै बीच, महेन्द्र मोरङ क्याम्पसमा पनि पछिल्लो मत परिणाम अनुसार अखिल क्रान्तिकारी अग्रता लिएका छन्, जसले उम्मेदवारहरूको मनोबल थप प्रबल बनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *