Skip to main content

Sky Media Nepal

नवनियुक्त महानिरीक्षक दीपक थापाले भने, परिवर्तन आफैबाट सुरू गर्ने ।

बाँके।
नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी भित्र व्यापक सुधारको आवश्यकता रहेको बताएका छन्। प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गर्दै थापाले आफूबाट सुधारको प्रक्रिया सुरू गर्ने विचार व्यक्त गरे। उनले प्रहरी सेवा सुधारमा बाह्य दबाबको आवश्यकता नरहेको र सुधारको पहल आफैबाट शुरु गर्नु पर्नेमा जोड दिए।

थापाले भने, “प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। सुधारको लागि साइत कुरेर बस्नको ठाउँ छैन। परिवर्तनको प्रारम्भ म भित्रैबाट सुरू गर्नुपर्नेछ।”

उनले मुलुकको शान्ति सुरक्षा र मानव अधिकारको प्रत्याभूति गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्दै, प्रहरी कर्मचारीको कार्यक्षमता मूल्यांकनमा सुधार ल्याउने आफ्नो उद्देश्य राखे।

नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबारको बैठकले थापालाई नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकको पदमा नियुक्ति गरेको हो। गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई उक्त दर्ज्यानी चिन्ह प्रदान गरे।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *