Skip to main content

Sky Media Nepal

बलात्कार-हत्या घटनामा याचिका दायर गर्न सर्वोच्च अनुमति दियो।

बाँके।
भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश संजीव खन्नाको नेतृत्वमा बनेको बेंचले सोमबार कोलकाताको आरजी कर मेडिकल कलेज बलात्कार-हत्या पीडिताका अभिभावकलाई कोलकाता उच्च अदालतको एकल बेंचमा आफ्नो रिट याचिका दायर गर्न अनुमति दिएको छ। उनीहरूले आफ्नी छोरीको हत्या प्रकरणमा केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) बाट थप अनुसन्धानको माग गर्दै मुख्य आरोपी संजय रॉय बाहेक अन्य व्यक्तिहरूको संलग्नता पत्ता लगाउन चाहेका छन्। आरजी कर मेडिकल कलेजमा भएको बलात्कार र हत्याको घटनामा दोषी ठहरिएका संजय रॉयलाई सियालदह अदालतले उम्रक्वादको सजाय सुनाएको थियो। यस घटनामा थप कडा सजायको माग गर्दै बंगाल सरकारले कोलकाता उच्च अदालतको ढोका खट्याएको छ।

 

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *