Skip to main content

Sky Media Nepal

महायज्ञमा २ करोड ७६ लाख संकलन ।

बाँके।

सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञको लागि २ करोड ७६ लाख सङ्कलन भएको लागी भएको छ । हरिवन नगरपालिका वडा नम्बर ९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार मात्र रु ४२ लाख सहयोग सङ्कलन भएको हो ।

रकम अभावका कारण दनुुवारीमा भवन अधुरै भएकोले भवन निर्माण सम्पन्न गर्न रु ११ करोड आवश्यकता छ । संयोजक थापाका अनुसार रकम  जुटाउन आश्रमले  हरिवनले ११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायत्रबाट २ करोड ७६ लाख सङ्कलन भयो । महायज्ञमा हरिवन नगरपालिकाले ५६ लाख सहयोग पाएको छ ।

जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए । सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *