बंगलादेशमा बलात्कृत ८ वर्षीया बालिकाको मृत्यु भएपछि देशभर चर्को विरोध सुरु भएको छ।
बीबीसीका अनुसार बलात्कृत बालिकाको बिहीबार मृत्यु भएको हो।
बालिकाकी आमाले दिएको जाहेरीअनुसार मागुरा सहरस्थित आफ्नी जेठी दिदीको घर गएकी बालिकालाई मार्च ५ राति बलात्कार गरिएको हो।
प्रहरीले बालिकाकी ती दिदीका श्रीमान्, ससुरा, सासू र देवरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
बिहीबार राति बालिकाको मृत्युको खबर सुनेपछि आक्रोशित भीड घटना भएको ठाउँ पुगेर घरमा आगो लगाइदिएको छ।
बालिकालाई मार्च ८ तारिख अस्पताल भर्ना गरिएको थियो।
राजधानी ढाकाको संयुक्त सैन्य अस्पतालमा लगिएकी उनकी बालिकाको बिहीबार मृत्यु भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
