Skip to main content

Sky Media Nepal

शंखरापुरका प्रचण्डलाई दिए कोसेलीमा सख्खर।

बाँके।

 पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शंखरापुरका जनताले सख्खर कोसेली दिएका छन्।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका जाने क्रममा काठमाडौं शंखरापुरका कार्यकर्ताले स्वागत गरेका थिए।

माओवादीबाट तर्फबाट निर्वाचित शंखरापुर–१ का वडा अध्यक्ष बेदनारायण दंगाल (बाबुराम) सहितका जनप्रतिनिधि तथा कार्यकर्तारुले वडा कार्यालयमा स्वागत गरेका थिए।

स्वागतपछि जनप्रतिनिधिले विकास निर्माणको अवस्था, कृषि, स्वास्थ्यका समस्या जानकारी गराउँदै समाधानका लागि ध्यानाकर्षण गराएको अध्यक्ष दंगालले जानकारी दिए।

वडा कार्यालयमा आयोजित कार्यक्रमा पूर्वप्रधानमन्त्री दाहाललाई लगनशिल कृषि समूहका अध्यक्ष विनोद ढकालले स्थानीय उत्पादन सख्खर कोसेली दिए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *