Skip to main content

Sky Media Nepal

उत्कृष्ट जितका साथ सूर्योदय नगरपालिका सेमिफाइनलमा प्रवेश

मङ्गलबारे फागुन ५  ।।

Advertisement
सूर्योदय नगरपालिका दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज सोमबार भएको खेलमा  देउमाई नगरपालिकालाई ३- १ गोल अन्तरले पराजित गर्दै सूर्योदय नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो।

देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको १२ औं मिनेटमा सूर्योदय नगरपालिकाको तर्फबाट जर्सी नम्बर १० का शेखर राईले गोल गर्दै टिमलाईअग्रता दिलाएका थिए । तर दोस्रो हाफको सत्रौँ मिनेटमा देउमाई नगरपालिकाका जर्सी नम्बर ७ का किरण राईले गोल गर्दै टोलीलाई खेलमा फर्काए
देउमाई नगरपालिकाले गोलको खुसियाली मनाउन नपाउँदै सूर्योदय नगरपालिकाले पुन खेलमा अग्रता लियो सूर्योदय नगरपालिकाका तर्फबाट सुसन कार्कीले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए त्यसैगरी दोस्रो हाफको तेइसौं मिनेटमा सूर्योदय नगरपालिकाको तर्फबाट जर्सी नम्बर १० का शेखर राईले पुन गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए। त्यसपछि दुवै टोलीले पाएका अवसरहरू सदुपयोग गर्न सकेन र ३ -१ को नतिजामा खेल जित्दै सूर्योदय नगरपालिका सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पराजित देउमाई नगरपालिका भने प्रतियोगिताबाट बाहिरिएको छ

खेलमा २ गोल गरेका सूर्योदय नगरपालिका जर्सी नम्बर १० का शेखर राई म्यान अफ द म्याच भए। म्यान अफ द म्याच बनेसँगै उनले ट्रफी र नगद ३००० प्राप्त गरेका छन्। प्रतियोगिता अन्तर्गत भोलि हुने अन्तिम क्वाटर फाइनलमा खेलमा डिफेन्डिङ च्याम्पियन माई नगरपालिकाले फाकफोकथुम गाउँपालिकाको सामना गर्नेछ।

देउमाई स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख ११ हजार  हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार  प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *