Skip to main content

Sky Media Nepal

अनलाइनबाट दुर्व्यवहारका घटना बढ्न थालेपछी घटना न्यूनीकरण गर्न डिजिटल शिक्षा आवश्यक रहेको विज्ञहरूको भनाई

काठमाण्डौ। फागुन २।। इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्न थालेपछी घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको एक कार्यक्रममा विज्ञहरूको भनाई रहेको छ। यसैगरी धेरै बालबालिका साइबर हिंसाको सिकारमा परिरहेको हुनाले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिका लगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्ने कुरामा समेत उहाँहरूको जोड रहेको छ।

काठमाण्डौमा सुरक्षित इन्टरनेट दिवसका अवसरमा भएको कार्यक्रममा महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्ने महिला आयोगका अध्यक्ष कमला पराजुलीको जोड रहेको छ। यसैगरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै हरेक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताएकी छिन् । साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको कारण इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्ने राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालको भनाई रहेको छ।

यता नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा ६ सय ३५ जना बालबालिका साइबर दुर्व्यवहारमा परेको भनी उजुरी दर्ता भएका थिए । जसमा दुई सय ५३ बालक  थिए भने तीन सय ८२ बालिका थिए । त्यसैगरी १८ वर्षभन्दा माथिका आठ हजार सात सय ४५ जना महिलाले दुर्व्यवहार भोगेको तथ्याङ्क छ ।नेपालमा भएका ८१ प्रतिशतभन्दा बढी अनलाइन दुर्व्यवहारका घटना फेसबुकमार्फत हुने गरेको तथ्याङ्कले देखाएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *