Skip to main content

Sky Media Nepal

आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु

 

झापा माघ ।।  आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो २.५० बजे धनकुटा चौबीसे –७ लोफादिन बस्ने २७ वर्षीय मौसम चेम्जोङको आफैले बोकेको काठको गोलियाले किचेर मृत्यु भएको हो । वडा नं .८ को बसन्तटारमा काठको गोलिया माथिबाट तल सडकमा झार्ने क्रममा चेम्जोङले बोकेको गोलियाले किचेर उनको टाउकोमा चोट लागेको थियो ।

गम्भीर घाइते भएका चेम्जोङलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *