Skip to main content

Sky Media Nepal

अन्तरपालिका महिला फुटबल प्रतियाेगिता आयाेजना हुने

 

बिर्तामाेड नगर खेलकुद बिकास समितिकाे आयाेजनामा अन्तरपालिका महिला फुटबल प्रतियाेगिता आयाेजना हुने भएकाे छ ।

आगामी माघ २६ गतेदेखि बिर्तामोड स्थित डाेमालाल राजबंशी रंगशालामा  प्रतियोगिता सञ्चालन हुने छ।

समितिले आइतबार बिर्तामाेडमा पत्रकार सम्मेलन आयाेजना गरेर प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । प्रतियाेगितामा आयाेजक बिर्तामाेड, मेचीनगर, अर्जुनधारा, भद्रपुर, कन्काई, शिबसताक्षी, दमक नगरपालिका तथा कमल, झापा र बुद्वशान्ति गाउँपालिकाका खेलाडीकाे सहभागिता रहने जनाइएकाे छ ।

प्रतियाेगिताकाे बिजेताले उपाधिसहित ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैंयाँ नगद, मेडल ट्रफी र प्रमाणपत्र पाउने छ । प्रत्येक खेलकाे प्लेयर अफ द म्याचले नगद ५ हजार र प्रतियाेगिताकाे सर्वाेत्कृष्ठ खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियाेगिता सम्पन्न गर्न ३४ लाख ६६ हजार रुपै‌याँ खर्च हुने आयाेजक समितिका संयाेजक बिकास गिरीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बिर्तामाेड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्र संग्राैला लगायतले नगरपालिकाले खेलकुदकाे क्षेत्रमा गरिरहेका गतिविधिकाे बारेमा प्रकाश पारेका थिए । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ ले बिर्तामाेड नगर खेलकुद बिकास समितिले फुटबलकाे क्षेत्रमा गरेकाे याेगदानकाे चर्चा गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *