Skip to main content

Sky Media Nepal

महाकुम्भबाट फर्किँदै गरेको नेपाली सवार गाडी दुर्घटना :५ जनाको घटनास्थलमै मृत्यु

 

महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।  भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुररहेको बताइएको छ।

घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *