Skip to main content

Sky Media Nepal

अमर नेम्बाङ स्मृति साहित्यिक पुरस्कार कृष्ण धरावासी र  स्वप्निल स्मृतिलाई प्रदान गरिने

 

पाँचथर माघ १९ ।। अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यस वर्षको साहित्य सम्मान साहित्यकार कृष्ण धरावासी र  युवा कवि स्वप्निल स्मृतिलाई प्रदान गर्ने भएको छ ।

साहित्य सम्मानबाट सम्मानित हुने धरावासी मदन पुरस्कार विजेता लेखक हुनुहुन्छ भने युवा कवि स्मृतिको ‘बाडुली र सुदूर सम्झना’ नामक कवितासंग्रह प्रकाशित छ । उहाँहरूको साहित्यिक योगदानको कदर गर्दै प्रतिष्ठानले यो सम्मान प्रदान गर्न लागेको हो ।

राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी नेम्बाङको स्मृतिमा स्थापित यस सम्मान र पुरस्कारको राशि ५०–५० हजार रहेको छ ।

प्रतिष्ठानले अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर आगामी माघ २६ गते पाँचथरको फिदिममा एक कार्यक्रम आयोजना गरी दुवै स्रष्टालाई पुरस्कार प्रदान गर्ने जनाएको छ ।

यसैबीच, प्रतिष्ठानले छात्रवृत्ति पनि प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार फाल्गुनन्द– श्री जनकल्याण मावि फाकतेपमा कक्षा ११ मा अध्ययनरत अन्जना चेम्जोङ छात्रवृत्तिका लागि छनोट हुनुभएको हो ।

अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टाहरूलाई प्रोत्साहन गर्ने र विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न सहयोग गर्ने उद्देश्यले यो सम्मान तथा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...