Skip to main content

Sky Media Nepal

झापाको बाहुनडागीमा जेसिस धारा उद्घाटन

 

मेचीनगर कार्तिक १६।। बाहुण्डाँगी जेसीजको संयोजनमा निर्माण भएको जेसीज धारा उद्घाटन गरिएको छ ।  मेचीनगर ४ आमडाँगीमा रहेको शिवालय मन्दिरमा  धारा निर्माण गरिएको हो ।
मेचीनगर ४ आमडाँगीका राहुल भातरी (रबिन) ले आफ्ना बुबा टिकाराज भारतीको स्मृतिमा निर्माण गरिदिनु भएको उक्त जेसीज धाराको लक्ष्मी पुजाको अवसर पारेर उद्घाटन गरिएको हो । यस अघि टंकबहादुर देवकोटाको स्मृतिमा पहिलो जेसीज धारा निर्माण गरिएको थियो । वैदेशिक रोजगारीको क्रममा दुवहीमा रहेर काम गर्दै आएका भारतीले यस अघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको थियो ।

बाहुण्डाँगी जेसीजले वर्ष २०२४ मा गरेको कामलाई नजिकबाट नियालेका भारतीले जेसीजका अध्यक्ष देबु बानियाँलाई आफ्ना बुबाको स्मृतिमा धारा निर्माण गरिदिन आग्रह गर्नु भएको थियो । साथै भारतीकै लगानीमा तिहारपछि बाहुण्डाँगीको प्रकृति पार्कमा जेसीज चौतारा समेत निर्माण गर्ने तयारी रहेको छ ।
जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्व तथा सविधान सभा सदस्य रबिन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, काँकरभिट्टा खानेपानीका उपाध्यक्ष गोविन्द गिरीले मानवीय क्षेत्रमा गरेको कामप्रति प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा परिवारका आमा जानुका भारती, एरिना भारती, निवर्तमान अध्यक्ष केवल निरौला, मन्दिर समितिका पूर्व अध्यक्षहरु रामु गौतम, रमेश दाहाल र भानुभक्त गौतम, वडा अध्यक्ष गीता लुंगेली, पवन बराइली, प्रविन चापागाइलगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
डिल्लीराज भारतीको संयोजकत्वमा भएको कार्यक्रमको सन्चालन कोषाध्यक्ष नित्यानन्द चम्लगाईले गरेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...