Skip to main content

Sky Media Nepal

करेन्ट लागेर गम्भीर घाइते भएका सहनीको उपचारको क्रममा मृत्यु

 

बिर्तामोड कार्तिक१० ।। झापाको भद्रपुरमा तीनचक्के विद्युतीय सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।

भद्रपुर ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी लाई सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथिभरा हस्पिटल लगिएको र उनको हिजो राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *