Skip to main content

Sky Media Nepal

गुलरियामा उत्साहपूर्वक मनाइयो २२ औँ राष्ट्रिय धान दिवस

गुलरियामा उत्साहपूर्वक मनाइयो २२ औँ राष्ट्रिय धान दिवस

गुलरियामा उत्साहपूर्वक मनाइयो २२ औँ राष्ट्रिय धान दिवस

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित सुहेलुवामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ उत्साहपूर्वक मनाईएकाे छ ।   उक्त कार्यक्रम एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दिया, सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कमैया महिला जागरण समाज नेपालको संयुक्त आयोजनामा मनाईएकाे हो ।   ‘धान बालीमा संलग्नता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालको अध्यक्षता रहेको थियो ।   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हाम्रो संस्कृति धानमा आधारित रहेकाले यस दिवसलाई पर्वकै रूपमा मनाउने गरिएको बताउनुभयाे । उहाँले मल अभावबारे चिन्ता व्यक्त गर्दै…
Read More