Skip to main content

Sky Media Nepal

भारत र पाकिस्तानसँग हामीले कुरा गर्यौं, हात हालाहालको स्थिति रोकियो- प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच भएको युद्धविराम टिप्पणी गरेका छन् ।

Advertisement

सोमबार लुम्बिनीमा आयोजित २५६९औँ बुद्ध जयन्ती मूल समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले केही दिन अगाडि मात्रै हाम्रा छिमेकबीच हात हालाहालको स्थिति बनेको र त्यो हात हालाहाल बढ्न नपाएको टिप्पणी गरेका हुन् ।

उनले नेपालले सुरुदेखिनै लडाई विस्तार हुन नपाओस् है भनेर भनेको उल्लेख गर्दै लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए । साथै प्रधानमन्त्री ओलीले उनीहरुसँग कुरा गरेको र दुवै देशले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे ।

उनले भने- ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्‍यौँ । उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...