Skip to main content

Sky Media Nepal

Day: २०८१ पुष २६, शुक्रबार

अमेरिकामा पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु

अमेरिकामा पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु

झापा ।। अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित स्यान्टिलीमा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु भएको छ ।  त्यहाँस्थित विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खस्दा नेपाली नागरिक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको मृत्यु भएको स्यान्टिलीबाट प्रकाशित हुने अखबार डेलीभोइसले जनाएको छ । उनीहरुको नेपालको ठेगाना खुल्न बाँकी छ । खड्का विंगेट बाई विन्डह्याम होटलमा कार्यरत थिए । भट्टले भने जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग थिए । हिउँले ढाकेको सडकमा गुडिरहेको कार अकस्मात चिप्लेर पोखरीमा खसेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै डेलीभोइसले लेखेको छ । प्रहरीले उनीहरूको बारेमा जानकारी भएकाहरूलाई फेयरफ्याक्स काउन्टी प्रहरीलाई…
Read More
झापाको बुद्धशान्तिमा बनेको कोशी प्रदेशकै लामो झुलुङ्गे पुलको उद्घाटन

झापाको बुद्धशान्तिमा बनेको कोशी प्रदेशकै लामो झुलुङ्गे पुलको उद्घाटन

  बिर्तामोड । बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वडालाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको  कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोलुबुंगे गौडा रमिते गौडा झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । टिमाई खोलामा बनेको सो पुलको लम्बाई ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपैयाँ खर्च भएको जनाइएको छ । पुल उद्घाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ लगायतको उपस्थिति रहेको थियो । कोशी प्रदेशकै लामो उक्त झोलुङ्गे पुल उद्घाटन पूर्व नै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको…
Read More