Skip to main content

Sky Media Nepal

Day: २०८१ पुष १८, बिहीबार

वडा नम्बर ३  फाइनल प्रवेश , उपाधिका लागि वडा नं १ संग भिड्ने ।

वडा नम्बर ३ फाइनल प्रवेश , उपाधिका लागि वडा नं १ संग भिड्ने ।

भोटेटार पुस १८ ।। बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि बुद्धशान्ति वडा नम्बर १ र ३ भिडने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर २ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ ले फाइनलको यात्रा तय गरेको हो। फाइनल प्रबेश गरे सङ्गै वडा नम्बर ३ ले डिफेन्डिङ च्याम्पियन वडा नम्बर १ सङ्ग उपाधिका लागि भिडन्त तय गरेको छ । फाइनल प्रबेश का लागि बुद्धशान्ति ३ सिदार्थ लिम्बुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । लिम्बू म्यान अफ थ म्याच हुँदै पुरष्कृत भएको आयोजक समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिनुभयो ।…
Read More
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव  आयोजना हुने

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना हुने

  बिर्तामोड पुस १८ ।। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ आयोजना हुने भएको छ । आज सङ्घको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सो कुरा बताएको हो। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवका संयोजक विशाल थापाले जानकारी दिए ।   व्यवसाय क्षेत्रलाई उठाउदै अर्थतन्त्र चलायमान बनाउँदै व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । महोत्सवले सानादेखि ठुला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको न्यौपानेले बताए । महोत्सवमा नेपालसहित भारत, बंगशादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक,…
Read More
बुद्धशान्ति १ उपाधी नजिक

बुद्धशान्ति १ उपाधी नजिक

भोटेटार , पौष १७ । पहिलो संस्करणको उपाधी बिजेता बुद्धशान्ति वडा नम्बर १ झापाको बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको फेरि उपाधी नजिक पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा बुद्धशान्ति वडा नम्बर ६ लाई शुन्यका बिरुद्ध ५ गोल गर्दै वडा नम्बर १ उपाधी नजिक पुगेको आयोजक समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिनुभयो । बुद्धशान्ति १ का लागि जेनित बरालले २, कप्तान पुजन थापा, सागर रसाईलि र भुपाल मगरले एक एक गोल गरेका थिए । दुई गोलकर्ता जेनित बराल म्यान अफ द म्याच घोषित भए । उनलाई बुद्धशान्ति खेलकुद समिती संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम…
Read More